Tuesday, December 24, 2024
Homeअर्थशेयरमर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर कारोबार शुरु

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर कारोबार शुरु

सुन्दरहरैंचाः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर कारोबार मंगलबारदेखि शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो । सोही मूल्यबाट हिजोदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार शुरु भएको हो ।

साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सेयर सूचीकृत भएसँगै कारोबार शुरु भएको हो । नेप्सेमा कम्पनीको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता शेयर सूचीकृत छन् ।

ती कम्पनी १ः१ स्वाप रेसियोमा मर्जर भएका थिए । उता पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त भई दोस्रो बजारमा कारोबार शुरु हुने भएको छ । कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने छ ।

पीएमएलआई सङ्केतमा कारोबार शुरु भएको सो कम्पनीको शेयरमूल्य पहिलो दिन २ रुपैयाँ बढेर प्रति कित्ता ५८९ रुपैयाँ पुगेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लक इनमा रहेको शेयर पुस ९ गतेदेखि खुला हुने

लकिङ पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments