विराटचोकः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको शेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गतेदेखि खुला हुने भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र कर्मचारीतर्फको २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले शेयर खुला हुने भएको सो कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले लक इन समयको जानकारी दिनुपर्ने निर्देशन दिएपछि त्यस्तो जानकारी दिने पहिलो कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भएको हो ।
लकिङ पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने