सुन्दरहरैंचाः साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सोल्टी होटलले भोलि पुस ५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर किन्ने लगानीकर्ताले ती कम्पनीको लाभांश हात पार्नेछन् ।
भगवती हाइड्रोपावरले पुस २४ गते, मंगलबार, अर्पण ब्यान्केट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ७ जना र साधारण शेयरधनीहरुबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कम्पनीले जनाएको छ ।
उता, सोल्टी होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान साढे १० बजे ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
बुधबार दोस्रो बजारमा भगवतीको शेयरमूल्य ५०५ रुपैयाँ र सोल्टी होटलको ५१५ रुपैयाँ पुगेको छ ।