Tuesday, December 24, 2024
Homeअर्थशेयर१५ दिन थपियो घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने समय

१५ दिन थपियो घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने समय

सुन्दरहरैंचाः मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो । यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

मंसिर ३० गते शनिबार साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा ४६ लाख १७ हजार ६ सय ३२ कित्ता शेयरका लागि आवेदन परेको सिडिएससीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । १ करोड १० लाख कित्ता हकप्रद भर्नुपर्ने आधा शेयरधनीले पनि नभरेको देखिन्छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments