विराटचोकः लगातार ८ दिनदेखि बढिरहेको नेप्से आज ७५ अंकले बढेको छ भने कारोबार रकम ६ महिनायताकै उच्च भएको छ ।
आज नेप्से परिसूचक ७५ दशमलव २४ अंक बढेर २८९० दशमलव २८ बिन्दुमा अडिएको छ । बिहीबार ११ अर्ब ३९ करोडको शेयर भएको थियो भने आज १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँको शेयर किनबेच भएको छ ।
३०२ कम्पनीको १ लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो । यस अघि गत भदौ ११ गते १८ अर्ब ६४ करोडको शेयर किनबेच भएको थियो ।
उच्च अङ्कले बढेको बजारमा हिमालयन डिष्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको शेयर १० प्रतिशत बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ९७ करोड ५३ लाख ७७ हजार ३३१ रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको ८५ करोड ९३ लाख ३६ हजार ६९४ रुपैयाँ तथा सिन्धु विकास बैंकको ४० करोड ४ लाख ४६ हजार ८९ रुपैयाँको शेयर किनबेच भएको छ ।
सामुहिक लगानी कोषबाहेक सबै समूहको सूचक बढेको दिन आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ७९ प्रतिशत बढेको छ । वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब १९ करोड ४४ लाख ४१ हजार ४४१ रुपैयाँ निर्धारण भएको छ ।







