काठमाडौंः आज बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पले सिन्धुपाल्चोक जिल्लामा सामान्य क्षति पुगेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्ने क्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । भूकम्पले पुर्याएको थप क्षतिको विवरण लिने क्रम भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
आज बिहान गएको भूकम्प ६ दशमलव १ म्याग्निच्युटको, केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड







