Friday, December 5, 2025
Homeफिचरबालसदन एकेडेमीमा मनाइयो स्टुडेन्ट्स डे, शिक्षा श्रेष्ठलाई वर्षको उत्कृष्ट विद्यार्थीको उपाधी

बालसदन एकेडेमीमा मनाइयो स्टुडेन्ट्स डे, शिक्षा श्रेष्ठलाई वर्षको उत्कृष्ट विद्यार्थीको उपाधी

विराटचोकः बालसदन एकेडेमी सुन्दरहरैंचाले विविध कार्यक्रमका साथ हिजो स्टुडेन्ट्स डे मनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कक्षा ९ की छात्रा शिक्षा श्रेष्ठले वर्षको उत्कृष्ट उपाधी हात पारेकी छिन् । त्यस्तै, डान्सिङ आइडल, सिङ्गिंङ्ग आइडल तथा कथावाचनको ग्रान्ड फिनालेमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

विद्यालयले आयोजना गरेको डान्सिङ आइडल जुनियर सिजन ३ मा सुहाना पोखरेल, आरोही श्रेष्ठ र एलिना खतिवडा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

डान्सिङ आइडल सिनियर सिजन ३ मा यशस्वी लम्साल, एलिसा अधिकारी र पुङ्गमा राई क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

सिङ्गिङ आइडल सिजन ३ मा प्रभा खतिवडा, अमन पोद्दार र सुहाना पोखरेल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

कथावाचनमा प्रेजिना बस्नेत, एलि राई र सुज्ञानी कट्टेल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ ।

विद्यालयका प्रबन्ध निर्देशक सूर्य दङ्गालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरंैचा नगरपालिकाको शिक्षा शाखा प्रमुख तेज आचार्य रहनुभएको थियो । प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्री विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्याब्सन सुन्दरहरैंचाका सदस्य जीवन बस्नेत, प्रभातकिरण बोर्डिङ स्कुलका प्रिन्सिपल राम आचार्य रहनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल निरज ढकाल, को अर्डिनेटर ईश्वर आचार्य, मन्टेश्वरी ब्लक इन्चार्ज नविना कट्टेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा विभिन्न कक्षाबाट पहिलो, दोस्रो र तेस्रो भई उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments