विराटचोकः अमेरिकाको विश्वविद्यालयबाट हालै मानार्थ विद्यावारिधी उपाधि पाउनुभएका साहित्यार छवि वैरागी घिमिरेलाई सुन्दरहरैंचाका ४ वटा साहित्यिक संस्थाले सम्मान गरेका छन् । उहाँले मानार्थ विद्यावारिधीका साथै सामाजिक सेवा एवम् साहित्य गौरव स्वर्ण पदक प्राप्त गर्नुभएको अवसरमा आयोजना गरिएको स्रष्टा र सिर्जना सम्मिलन समारोहमा सुन्दरहरैंचा, बेलबारी, ग्रामथान, इटहरी, उर्लाबारीलागयतका साहित्यकार उपस्थित हुनुहुन्थ्यो ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार भानु साझा पुस्तकालयका अध्यक्ष साहित्यकार पुरन राईको सभापतित्वमा भएको कार्यक्रममा पूर्व प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकाल, समाजसेवी ललितबहादुर श्रेष्ठ, नागेश पोखरेल, भक्तिप्रसाद सिटौला, गोपालबहादुर थापा, भगवती पौडेल, दुष्यान्त भट्टराई, साहित्यकार अमृतप्रसाद आचार्य, विदुर सुवेदी, तिला लेकाली, रामप्रसाद खरेल, जीवन राईलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा किरण टी लिम्बू, गीताप्रसाद श्रेष्ठ, बिशाल गुरागाईँ, रुपनारायण श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, यादव भट्टराई, सोम भट्टराई, नवराज पोखरेल नवशिला, यमुना पराजुलीलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
सुन्दरहरैँचा कला साहित्य विकास समिति, नझरेका फूलहरू, भानु साझा पुस्तकालय तथा राइडर्स महफिलको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।








