Monday, December 23, 2024
Homeकला र साहित्यछानिए विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति र कविता महोत्सवका लागि...

छानिए विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति र कविता महोत्सवका लागि १० कविता

धरानः कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छानिएका १० कृतिको नाम सार्वजनिक गरेको छ ।

दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कविता सङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङको गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरु त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्ध सङ्ग्रह चियागफ, मन्जुला तामाङ सुब्बाको कविता सङ्ग्रह कुहिरोभित्र घुम जोरबङ्गलो रहेका छन् । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएकोमा ती पुस्तक छनोटमा परेका हुन् ।

ती कृतिमध्ये एक कृतिलाई नगद २ लाख र ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

यस्तै, राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनोट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कविताहरुमध्ये खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारैकिनार, मोरङकी समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैँचाको अर्गानिक मुस्कान र सुनसरीकी दीपा मङ्ग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

ती कवितामध्ये पहिलो हुनेले नगद २१ हजार रुपैयाँ, दोस्रोले १८ हजार रुपैयाँ र तेस्रोले १७ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । यही कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा ती पुरस्कार प्रदान गरिने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments