विराटचोकः आज सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुनको भाउले असोज ११ गते र चाँदीको भाउले असोज १० गते बनाएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।
असोज ११ गते सुनको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदा प्रति तोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउले असोज १० गते उच्च मूल्यको रेकर्ड बनाउँदा प्रति तोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।