Tuesday, December 24, 2024
Homeअर्थकोशी सरकारले बाढी पहिरोमा ज्यान गुमाएकालाई राहत दिने

कोशी सरकारले बाढी पहिरोमा ज्यान गुमाएकालाई राहत दिने

विराटनगरः हालैको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments