Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिआज घटस्थापना, जमरा राख्ने दिन

आज घटस्थापना, जमरा राख्ने दिन

विराटचोकः आज हिन्दूहरुको महान् चाड बडा दशैंको पहिलो दिन हो । घटस्थापना भनिर चिनिने यो दिन आश्विन शुक्ल प्रतिपदाका दिन पर्दछ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । आज घरघरमा तथा मन्दिरमा जमरा राखिन्छ ।

चोखो स्थानको बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

आजकै दिन घडा कलशको स्थापना गरी देवीदेवताको आवाहन गरिन्छ । त्यसै स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले देवीको ९ वटा वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।

आजदेखि नवमीसम्म ९ दिन प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । शङ्ख, डमरू, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी) पाठ पनि गरिन्छ ।

पितृ पक्ष समाप्त भई आजदेखि दुर्गा पक्ष शुरु हुन्छ ।

आज राखिएको जमरा विजयादशमीको दिनदेखि दुर्गा भवानीको प्रसादस्वरुप लगाइने टीकासँगै लगाएर आशीर्वाद दिने र लिने प्रचलन छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments