सुन्दरपुरः सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र राई (राजु) निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अरुण सुवेदीलाई १४१ मतान्तरले हराउँदै राई निर्वाचित हुनुभएको हो ।
सुवेदीले ३४० मत ल्याउँदा राईले ४८१ मत ल्याउनुभएको थियो । अर्का उम्मेद्वार प्रकाश सिग्देलले १२८ मत ल्याउनुभयो । राईलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । सुवेदीलाई नेकपा एमाले र जनता समाजवादीले समर्थन गरेको थियो । सिग्देललाई नेकपा माओवादीले समर्थन गरेको थियो ।
अन्य अधिकांश पदमा भने कांग्रेस समर्थित उम्मेद्वार पराजित भएका छन् । उपाध्यक्षमा हस्त बहादुर तामांङलाई हराउँदै लक्ष्मीप्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । सिग्देलले ४६९ मत ल्याउँदा तामाङले ४४५ मत ल्याउनुभएको थियो ।
सचिवमा शंकर देवान ४१० मतसहित निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा चिरञ्जीवी रेग्मी निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा उर्मिला श्रेष्ठ, चम्पा लिम्बू र मनकुमारी तामाङ तथा खुला सदस्यमा बलभद्र चौधरी र गोकुल भट्टराई निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका अनुसार लेखा संयोजकमा पर्शुराम घिमिरे तथा लेखा समिति सदस्यमा तेजनारायण चौधरी र भोगेन्द्र राई निर्वाचित हुनुभएको छ ।