विराटचोकः आज नेप्से परिसूचक २ दशमलव १६ प्रतिशत अर्थात् ५७ दशमलव ०३ अंकले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा अडिएको छ ।
आज ३१२ वटा कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ९२ हजार ८१५ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँको शेयर किनबेच भएको छ ।
१३ वटै समूहमा रातो पोतिँदा आज वित्त समूह सर्वाधिक ५ दशमलव ६६ प्रतिशतले घट्यो ।
आज सिईडिबि हाईड्रोको सर्वाधिक ३१ करोड ११ लाख ४९ हजार ७३६ रुपैयाँको शेयर किनबेच भएको छ । सानिमा रिलायन्स लाइफ, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि आज आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
गुडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४१ खर्ब ३ अर्ब ६१ करोड ९२ लाख ६ हजार ५९२ रुपैयाँ कायम भएको छ ।