Tuesday, December 24, 2024
Homeफिचर९ वाणिज्य बैंकहरुले ब्याजदर घटाए, ९ वटाको स्थिर, २ वटाले बढाए

९ वाणिज्य बैंकहरुले ब्याजदर घटाए, ९ वटाको स्थिर, २ वटाले बढाए

विराटचोकः सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने ९ वटाको स्थिर रहेको छ । बाँकी २ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन् ।

एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् ।

कृषि विकास बैंक र नेपाल बैंकले ब्याजदर बढाएका छन् । बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुको औसत ब्याजदर पनि घटेको छ । भदौ महिनामा ६ दशमलव ५२ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, असोजमा ० दशमलव १३ प्रतिशतविन्दु घटेर ६ दशमलव ३९८ प्रतिशत विन्दुमा झरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments