काठमाडौंः सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।