काठमाडौंः आज बेलुकादेखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना भएकाले सतर्कताअपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भएर उत्तर–पश्चिमतर्फ (नेपाल नजिक) सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।