Tuesday, December 24, 2024
Homeफिचरनिरन्तर घट्दै शेयर बजार, ७ अर्बको पनि भएन कारोबार

निरन्तर घट्दै शेयर बजार, ७ अर्बको पनि भएन कारोबार

विराटचोकः आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आउनुका साथै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसूचक ०.८६ प्रतिशत अर्थात २२.७३ अंकले घटेर २ हजार ६ सय १० दशमलव २१ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर ८७ हजार ३६ पटक किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतिँदा वित्त समूह सबैभन्दा धेरै ० दशमलव ४३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह ०.०२ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशतले बढ्दा जीवन बीमा समूह सर्वाधिक १ दशमलव ८७ प्रतिशतले घटेको छ ।

आज सिईडिबि हाईड्रोको सर्वाधिक ३४ करोड ७३ लाख ६ हजार ८८५ रुपैयाँको शेयर किनबेच भएको छ । एनएलजी इन्स्योरेन्स, ग्रीनलाइफ हाईड्रो, समृद्धि फाइनान्स र हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बजार घटे पनि आज विन नेपाल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । थ्री स्टार हाईड्रो, समाज लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त, सिईडिबि हाईड्रो, माईखोला हाईड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

आज एशियन हाईड्रोको सेयरमूल्य सर्वाधिक ६ दशमलव ८८ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक, एलआईसी नेपाल र मनकामना इन्जिनियरिङ उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४१ खर्ब ५० अर्ब ४४ करोड ७८ लाख २७ हजार ५७९ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments