सिन्धुलीः नेपालको सबैभन्दा बढी जुनार उत्पादन हुने सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार तथा सुन्तलाको फलमा सुँडे मोथ नामक पुतलीले क्षति पुर्याउन थालेपछि ती पुतली मार्नेलाई प्रति पुतली २ रुपैयाँ दिइने गाउँपालिकाले जनाएको छ ।
भदौ २० गते गाउँपालिकाले सूचना जारी गर्दै प्रकोपकै रुपमा देखिएको सुँडे मोथ पुतली रोक्न कुनै उपाय नभएपछि गाउँपालिकाले आफैं मार्न प्रोत्साहन गर्न बाध्य हुनुपरेको जनाएको छ । गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार यो पुतली मार्न कुनै उपाय नभएपछि किसानलाई नै प्रोत्साहन गर्ने नीति लिइएको हो ।
यस्तो छ प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीको हस्ताक्षरमा गाउँपालिकाले सार्वजनिक गरेको सूचना