विराटचोकः आज शेयर बजारमा सवा ७ अर्बको मात्रै कारोबार भएको छ । नेप्से सूचक पनि ० दशमलव ४९ प्रतिशत अर्थात् १३ दशमलव ०२ अंक घटेर २६३२ दशमलव ९४ मा अडिएको छ ।
जम्मा ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँको शेयर किनबेच भएको छ ।
आज व्यापार समूह ०.७९ प्रतिशतले बढ्दा होटल समूह स्थिर रह्यो भने बाँकी ११ समूहको सूचकमा रातो पोतिएको छ ।
आज हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको उच्च कारोबार भएको छ । सो कम्पनीको २९ करोड ८१ लाख ५४ हजार ७७ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रिइन्स्योरेन्स, सिईडिबि हाईड्रो, एनएलजी इन्स्योरेन्स र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार घटे पनि मानुषी लघुवित्तको १० प्रशित तथा थ्री स्टार हाइड्रोपावरको ९ दशमलव ९० प्रतिशत शेयरमूल्य बढेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४१ खर्ब ८६ अर्ब ५९ करोड ७० लाख ३ हजार ७२१ रुपैयाँ कायम भएको छ ।