विराटचोकः अमेरिकी डलरको भाउले हालसम्मकै उच्च मूल्यको कीर्तिमान कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर १क सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । अमेकिरी डलरको भाउ आज ३ पैसा बढेको हो ।
आज युरोपियन युरो एकको खरिददर १ सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । युरोको भाउ आज २२ पैसा बढेको हो ।
पाउण्ड स्ट्रलिङ भाउ आज ८४ पैसा बढेको छ । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको छ ।