Tuesday, December 24, 2024
Homeफिचरनेप्सेले एकै दिन काट्यो २७०० र २८०० को खड्गो, १२७ अंकले बढेको...

नेप्सेले एकै दिन काट्यो २७०० र २८०० को खड्गो, १२७ अंकले बढेको बजामा १३ अर्ब १० करोडको कारोबार

विराटचोकः आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) तेहेरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ७२ प्रतिशत अर्थात १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ विन्दुमा पुगेको छ । हिजो २६९५ दशमलव ९३ बिन्दुमा अडिएको नेप्सेले आज २७०० र २८०० का दुवै मनोवैज्ञानिक रेखा पार गरेको हो ।

बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७७ प्रतिशतले बढेको छ । आज ३३५ वटा कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १३ वटै समूहमा हरियाली छाउँदा वित्त समूह सर्वाधिक ७ दशमलव ९४ प्रतिशतले बढेको छ । हाईड्रो ५.३६, लगानी ५.४५, बैंकिङ समूह ४ दशमलव ७३ प्रतिशत, विकास बैंक ४.९९, होटल ४.९२, जीवन बीमा ४.६९, उत्पादन तथा प्रशोधन ३.३३, लघुवित्त ३.३३, निर्जीवन बीमा ४.८१,अन्य ४.१४ र व्यापार समूह २.८५ र सामुहिक लगानी कोष ० दशमलव ८४ प्रतिशतले बढेका छन् ।

आज गुडविल फाइनान्सको सर्वाधिक ४६ करोड ५२ लाख ५१ हजार ९०० रुपैयाँको कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली पावर कम्पनी २४ करोड ३२ लाख र नेपाल फाइनान्सको २३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

११ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्य फाइनान्स, सुपर माई हाईड्रोपावर, दोल्ती पावर, मल्टीपर्सस फाइनान्स, कालिञ्चोक दर्शन, मोदी इनर्जीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

माई खोला हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५९ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ८३ अर्ब ९१ करोड ४९ लाख ७१ हजार २१ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments