विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको हो ।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ३७ अमेरिकी डलर मूल्य घटेको छ ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि तत्काल ग्यासको मूल्य यथावत राखिएको जनाइएको छ ।