काठमाडौंः पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि जनता समाजवादी पार्टी (जसपा) नेपालका पदाधिकारी र कार्यकारिणी समितिलाई पूर्णता दिनुभएको छ ।
अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनित गर्नुभएको छ । उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर र विद्युत बज्राचार्य मनोनित हुनुभएको छ ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव, सचिवहरूमा लिला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्धीन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनित हुनुभएको छ ।
कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव चयन हुनुभएको छ ।
यस्तो छ पदाधिकारी र कार्यकारिणी समितिमा मनोनित हुनेहरुको नामावलीः