विराटचोकः आज शेयर बजारमा बिक्रेताले चाप बढाउँदा र खरीदकर्ताले खरीद चाप घटाउँदा बजार राताम्य भएको छ । दिउँसो २ बजे सम्ममा बजार अंकले घटेर बिन्दुमा अडिएको छ ।
प्रि ओपनमा बढे पनि ११ बजेर ३ मिनेट जाँदा नै बजार रातो भइसकेको थियो । ११ बजेर १४ मिनेटमा हरियो देखिनासाथ रातो भएको बजारले दिनभर रातो मुख लगायो नियमित सेसनमा भने बजारले उकालो गति लिन सकेन । दिउँसो १२ बजेर ४२ मिनेटदेखि १२ बजेर ५३ मिनेट जाँदासम्म बजार २९०० को बिन्दुबाट पनि तल ओर्लिएको थियो । बीचमा केही सुधार भए पनि अन्तिम समयमा बिक्री चाप थेग्न नसक्दा नेप्से २८९४ दशमलव ५७ बिन्दुमा बन्द हुन पुगेको हो ।
नेप्से घटे बिहीबारको भन्दा कारोबार रकम भने ५८ करोड रुपैयाँ बढेको छ । आज ३३३ कम्पनीको २ लाख १८ हजार ५७८ पटकको कारोबारमा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकमका आधारमा आज अपि पावर शीर्ष स्थानमा रहेको छ । गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस दिने घोषणा गरेपछि सो कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन् ।
आज अपि पावरको ८४ करोड ६८ लाख १७ हजार ३४७ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर र शिवम् सिमेन्ट्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
लघुवित्त उपसमूहको परिसूचक १ दशमलव ०८ प्रतिशतले बढेको दिन आज बाँकी सबै उपसमूहमा रातो पोतिएको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ८३ प्रतिशत घटेको छ ।
बजार घटे पनि विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले घटेको छ । उच्च मूल्य घट्नेमा अन्य डिबेन्चर कम्पनीहरु रहेका छन् ।
बजार घटेसँगै आज समग्र बजार पूँजीकरण ४५ खर्ब ९७ अर्ब १८ करोड ५९ लाख ४७ हजार ७१० रुपैयाँ निर्धारण भएको छ ।