Tuesday, December 24, 2024
Homeफिचरगोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केशव भट्टराई

गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केशव भट्टराई

गोठगाउँः गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैचा ७ का वडा सदस्य खुशीलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा ज्येष्ठ महिला सदस्यतर्फ ९८ वर्षीया धनमाया श्रेष्ठ र पुरुषतर्फ ९६ वर्षीय शिवप्रसाद दाहाललाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साधारणसभाले केशव भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँ यसअघि पनि संस्थाको अध्यक्ष पदमै कार्यरत हुनुहुन्थ्यो । संस्थाको उपाध्यक्षमा पार्वता आचार्य चयन हुनुभएको छ । उहाँ यसअघि सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।

नयाँ कार्यसमितिको सचिवमा दाताराम भट्टराई, सहसचिवमा कृष्णप्रसाद सुबेदी, कोषाध्यक्षमा विदुर दाहाल चयन हुनुभएको छ । सदस्यमा गायत्रा फुयाल, गणेश दाहाल, ज्ञानु पोख्रेल, नरेश खरेल, रेवती सापकोटा, शिव भट्टराई र मात्रीका चौलागाईं चयन हुनुभएको छ ।

साधारणसभाले संस्थाका अध्यक्ष केशव भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम पािरत गरेको छ ।

संस्थाकी कोषाध्यक्ष लक्ष्मी केसी दाहालले प्रस्तुत गर्नुभएको आयव्यय विवरण पनि सभाले पारित गरेको छ । संस्थाले विगत दुई वर्षमा २ लाख ९५ हजार पाँच रुपैयाँ आम्दानी गरी दुई लाख ६३ हजार ९ सय ९० रुपैयाँ खर्च गरेको तथा ३१ हजार १५ रुपैयाँ बचत रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

शुभकामना मन्तव्यको क्रममा कार्यक्रमका अतिथिहरुले टोल विकास संस्थाहरुले आफैँ स्रोत जुटाएर सिर्जनशील गर्नु खुशीको कुरा भए पनि स्थानीय सरकारले टोल विकास संस्थाको कामलाई सम्बोधन गर्न नसक्नु दुःखको कुरा भएको बताउनुभएको थियो ।

सम्बन्धित समाचारहरु

गणेशपुर टोल विकास संस्थाको अध्यक्षमा मातृका दाहाल चयन, ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मानित

गणेशपुर टोल विकास संस्थाको अध्यक्षमा मातृका दाहाल चयन, ज्येष्ठ नागरिक र उत्कृष्ट विद्यार्थी सम्मानित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments