विराटचोकः देशका ७५ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण देखिएको हो । ती जिल्लामा ५ हजार १ सय १९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
हालसम्म तीन जनाको डेङ्गु सङ्क्रमणका कारण ज्यान गएको बताइएको छ ।
महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । ललितपुर, काठमाडौ, प्युठान, मकवानपुर र कैलालीमा हैजाका बिरामी भेटिएका हुन् ।