Tuesday, December 24, 2024
Homeफिचर१ दशमलव १७ प्रतिशतले नेप्से बढ्दा २३ अर्ब ४३ करोड रुपैयाँको शेयर...

१ दशमलव १७ प्रतिशतले नेप्से बढ्दा २३ अर्ब ४३ करोड रुपैयाँको शेयर किनबेच

विराटचोकः हिजो नेप्से परिसूचक १ दशमलव १७ प्रतिशत अर्थात् ३४ दशमलव २९ अङ्कले बढेर २९५७ दशमलव ७५ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटक कारोबार हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छाउँदा वित्त समूह सर्वाधिक ७ दशमलव ६७ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ०.०८ प्रतिशत, लघुवित्त ०.७० र सामुहिक लगानी कोषको सूचकमा ०.९० प्रतिशतले गिरावट आएको छ ।

हिजो हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ८६ करोड ५८ लाख ५८ हजार ३०७ रुपैयाँको शेयर किनबेच हुँदा शिवम् सिमेन्ट, अपि पावर, नेपाल फाइनान्स र सानिमा माई हाईड्रो उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

हिजो सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, माउन्टेन हाईड्रो, हिमालयन हाईड्रो, इङ्वा हाईड्रो, अपर स्याङ्गे, गुडविल फाइनान्स र अपि पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले घट्दा विन्ध्यवासिनी हाइड्रोको शेयरमूल्य ८ दशमलव ४१ प्रतिशत र मिड सोलु हाईड्रोको शेयरमूल्य ८ दशमलव ०७ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ९७ अर्ब ५२ करोड ७४ लाख ६९ हजार ३६६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments