विराटचोकः आज शेयर बजारमा एक घण्टामा ८ अर्ब ५४ करोड २० लाख ७१ हजार ४२० रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ४९ करोड ५९ लाख ७९ हजार ८३८ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबार खुलेदेखि निरन्तर उकालो लागेको बजार एक घण्टापछि दिउँसो १२ बजेसम्ममा आइपुग्दा ६७ अङ्क बढेर २९२८ मा पुगेको छ । ३ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।