विराटचोकः देशभक्तिपूर्ण चलचित्र निर्माण गर्दै आएका नायक तथा निर्माता नवल खड्काले ‘दोधारा चाँदनी’ चलचित्र निर्माण गर्ने भएका छन् । तिहारको अवसर पारेर उनले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार चलतित्रमा नेपालको दोधारा र चाँदनीमा भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयवस्तु प्रस्तुत गरिने भएको छ । सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको बारेमा अन्य जानकारी पछि दिइने उनले जनाएका छन् ।
खड्काले यसअघि यस्तै कथावस्तुमा दशगजा र काँडेतार चलचित्र निर्माण गरेका थिए । ‘काँडेतार’ फागुन २५ गतेदेखि देशभर एकसाथ प्रदर्शन हुने भएको छ ।