विराटचोकः एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । फण्डले साउन १७ गते अर्थात् आज बुक क्लोज गर्ने भएको छ । यस अनुसार हिजोसाउन १६ गतेसम्म कायम रहेका इकाईधनीहरुले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन् ।
यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्ने बताइएको छ । पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जनाएको छ ।
शुभ लक्ष्मी कोषले साढे सात प्रतिशत लाभांश दिने