इटहरीः दिउँसो १ बजे बस्ने भनिएको इटहरी उपमहानगरपालिकाको नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरेका छन् ।
उपप्रमुखले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि एमालेले बहिष्कार गरेपछि प्रवक्ता पोखरेलले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेका नगरसभा सदस्यहरू नगरसभा बाट बाहिरिएका थिए ।