विराटचोकः हिजो दिनभर सामान्य उतारचढाव आएको नेपाली शेयर बजार आज भने प्रि ओपन सेसनमै १४ दशमलव ९४ अंक बढेको छ ।
यो वृद्धिसँगै नेप्से सूचक २०८८.१४ अंकमा अडिएको छ । ४ करोड ६४ लाख २ हजार ५७१ रुपैयाँको शेयर कारोबार भएको छ । ७९ कम्पनीको ८२ हजार ४ सय ३५ कित्ता शेयर १२२ पटक कारोबार भएको छ ।
५५ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।