Tuesday, December 24, 2024
Homeराजनीतिब्याक बेञ्चर सफल नेता बन्दैनन्ः मुख्यमन्त्री कार्की

ब्याक बेञ्चर सफल नेता बन्दैनन्ः मुख्यमन्त्री कार्की

इटहरीः झुक्किएर नेतृत्वमा पुगेका ‘ब्याक बेन्चर’हरु सफल नेता बन्न नसक्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति उहाँको यस्तो टिप्पणी आएको हो ।

इटहरी जेसीजले सुनसरीको इटहरीमा आइतबार आयोजना गरेको भोलिको नेतृत्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजनीतिज्ञहरुको लागि अध्ययन आवश्यक हुने बताउनुभयो ।

‘कहिलेकाहीँ ब्याक बेञ्चरहरु झुक्किएर उछिट्टिएर नेतृत्वमा पुगे पनि नेतृत्व गर्न नजान्ने हुनाले असफल हुन्छन्,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘त्यही कारण मुलुकको नेतृत्व गर्छु भन्ने राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ, नकारात्मक भावना राख्नु हुँदैन ।’

साजीलाल माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफू स्कूलमा ब्याक बेञ्चर भए पनि मुख्यमन्त्री भएको र फस्ट बेञ्चमा बस्नेहरु खरदार बनेर घुस खाइरहेको टिप्पणी गरेका थिए । सो भनाइप्रति कर्मचारी संगठनहरुले आपत्ति जनाएका थिए ।

पहिलो पटक विद्यालयको वार्षिकोत्सवमा पुगेका मुख्यमन्त्री कार्कीले के भने साजीलाल मावि सुन्दरहरैंचामा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments