विराटचोकः आज मिथिलाञ्चलमा वटसावित्री व्रत मनाइँदैछ । ज्येष्ठ कृष्ण पक्षको औंसी तिथिका दिन मिथिलाका नारीहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउने गर्छन् ।
स्थानीय भाषामा बडसाइत वा वसराइत पावइन भनिने यो पर्वमा वटवृक्ष भएका स्थानमा श्रद्धालुहरु नयाँ वस्त्र लगाएर जम्मा भएर सामूहिक गीत गाउँछन् ।
पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाइन्छ ।