Tuesday, December 24, 2024
Homeफिचरसुन्दरहरैंचाका औषधी पसल र एग्रोभेटको अनुगमन

सुन्दरहरैंचाका औषधी पसल र एग्रोभेटको अनुगमन

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको खोर्साने र विराटचोक क्षेत्रका औषधी पसल र एग्रोभेटको बुधबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही पसलमा त्रुटि रहेको समितिले फेला पारेको थियो ।

औषधी पसलमा उपभोग्य मिति सकिएको औषधी बेच्न राखिएको पाइनुका साथै दर्ता बिना पसल सञ्चालन गरेको समेत पाइएको थियो । अनुगमन समितिले प्रयोग मिति सकिएका पसल जफत गर्नुका साथै दर्ता बिना सञ्चालित पसललाई १५ दिनभित्रमा दर्ता गर्न निर्देशन दिएको छ ।

समितिले समीर मेडिकल हलमा म्याद गुज्रिएका औषधी छुट्टै राखे पनि लामो समयसम्म कम्पनीलाई फिर्ता गरेको वा नष्ट गरेको नपाइएको तथा म्याद गुज्रिएका केही औषधी म्याद गुज्रन लागेका औषधी एकै ठाउँमा मिसाएर बिक्री गरेको फेला पारेको थियो ।

आरपी ड्रग हाउस, सुस्वास्थ्य उपचार केन्द्र र जमुना मेडिकल हलमा पनि म्याद गुज्रिएका र म्याद गुज्रन बाँकी रहेका औषधी एउटै बट्टामा राखेर बिक्री गरेको पाइएको थियो ।

कुशल मेडिकल हल नगरपालिकाको स्वास्थ्य शाखामा दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो ।

सीता मेडिकल हलमा कुनै कैफियत नभेटिएको समितिले जनाएको छ ।

पारस एग्रोभेटमा खाद्यवस्तु र रासायनिक मल नजिकै राखेर बेचेको समितिले फेला पारेको थियो ।

रायमाझी एग्रोभेटमा ५ महिना अघि नै म्याद गुज्रिएका धेरै औषधी समितिले फेला पारेको थियो । गाई, भैंसी र सुँगुरलाई खुवाइने औषधी म्याद गुज्रिएको फेला परेको समितिले जनाएको छ । प्रयोग भइसकेका केही सिरिन्ज व्यवस्थित नगरी पसलको एक कुनामा राखिएको पनि सो एग्रोभेटमा समितिले फेला पारेको थियो ।

उपप्रमुख अकली चौधरीको संयोजकत्वमा रहेको समितिमा उद्योग वाणिज्य संघका प्रतिनिधि, नगरपालिकाको स्वास्थ्य, कृषिलगायतका शाखाका प्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मी सदस्य रहेका छन् ।

हेर्नुहोस् भिडियो

https://fb.watch/swKB931TO9/

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments