काठमाडौंः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्न शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
भोलिदेखि ३१ गतेसम्म कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्दैछ । बुक क्लोजको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने हुनाले आजसम्म शेयर खरीद गर्नेले कम्पनीले दिने लाभांश पाउने भएका हुन् ।
कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको छ । सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको छ ।