सलकपुरः नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको पहिलो अधिवेशनले घनेन्द्र न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
४ वर्षे पदावधिका लागि सभापतिमा घनेन्द्र न्यौपाने, उपसभापतिमा सुशीला लुईंटेल, सचिवमा बाबुराम निरौला, सह–सचिवमा गणेश मिश्र र कोषाध्यक्षमा विष्णु प्रसाईं निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला सभापति सुवोधकुमार सिंह, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ऋषिराम रेग्मी, शिक्षा निकेतन मा.वि. का व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीको आतिथ्यता रहेको थियो ।
टीकाराम ढकालको अध्यक्षतामा १ वर्ष अघि सहयोग समितिको रुपमा सुन्दरहरैंचामा रेडक्रसले गतिविधि गर्न थालेको हो ।