भरतपुरः अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको उपाधि कोशी प्रदेशले जितेको छ । बखान मिनी रंगशाला शारदानगर फुटबल मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूर पश्चिमलाई शून्यका विरुद्ध २ गोलले हराउँदै कोशीले उपाधि जितेको हो ।
कोशीको जीतका लागि खेलको १२ औँ मिनेटमा जेनिफर रानामगरले पहिलो गोल गरेकी थिइन् । खेलको ३८ औँ मिनेटमा समीक्षा रानामगरले गोल गर्दै कोशीको अग्रता दोब्बर बनाइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेनन् नसकेपछि कोशी प्रदेश विजेता बनेको हो ।
अन्तरप्रदेश फुटबलअन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुनेछ । फाइनल खेलमा कोशी र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको समापन आज हुनेछ ।