विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आफ्नो ११ औं अधिवेशन तथा २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत रहनुभएको साधारणसभालाई सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, संविधानसभा सदस्य चन्द्रबहादुर गुरूङ, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, संघका पूर्व अध्यक्ष भोलेश्वर दुलाललगायतले सम्बोधन गर्नुभएको थियो ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष कृष्णप्रसाद रिजालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव नारायण कार्कीले गर्नुभएको थियो ।