Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिनयाँ वृन्दावन गौशालामा फूलको फागु

नयाँ वृन्दावन गौशालामा फूलको फागु

बाँसबारीः सामान्यतः फागु भन्नासाथ विभिन्न किसिमका रङ एकापसमा दलेर खेल्ने पर्व भन्ने बुझिन्छ । अझ पछिल्लो समय त पिच्कारीमा रङ भरेर खेलिने रङको पर्वलाई फागु (होली) भनिन्छ । तर सुन्दरहरैंचामा भने विगत केही वर्षदेखि फूलको फागु पनि खेलिन्छ ।

सुन्दरहरैंचा– ५ नयाँ वृन्दावन गौशालामा हरेक वर्षको फागु पूर्णिमामा झैँ आज फूलको वर्षा गरेर होली मनाइएको हो । नयाँ वृन्दावन परिसरमा उपस्थित ५ हजारभन्दा बढी सहभागी फूलको वर्षा गराउँदै फागुमा रमाएका हुन् । गौशालामा श्रीमद्भागवत ज्ञान सप्ताह महायज्ञ सञ्चालन भइरहेको तथा आज विश्वकै अग्लो गाईको प्रतिमा अनावरण कार्यक्रम रहेको हुनाले सर्वसाधारणको बाक्लो उपस्थिति कार्यक्रममा थियो ।

फूलको फागु खेल्न निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाई, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाललगायत उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments