Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिशिवपाञ्चायन मन्दिर गोठगाउँमा शिवरात्रीमा धार्मिक मेला सञ्चालन हुने

शिवपाञ्चायन मन्दिर गोठगाउँमा शिवरात्रीमा धार्मिक मेला सञ्चालन हुने

गोठगाउँः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको शिवपाञ्चायन मन्दिरमा शिवरात्रीको अवसरमा फागुन २५ गते शुक्रबार शिवरात्री मेला लाग्ने भएको छ ।

मेला आयोजक शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महाशिवरात्री पर्वको अवसरमा शिवरात्री मेला सहित विभिन्न धार्मिक कार्यक्रम गर्ने जानकारी दिएको छ ।

मन्दिरमा नवनिर्मित शिवको प्रतिमा सो दिन बिहान जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्नुहुने महाशिवरात्री मेला आयोजक मूल समितिकी संयोजक तुलसा आचार्यले बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका सचिव ठमराज न्यौपानेका अनुसार सो दिन बिहान ५ बजेदेखि पूजा आराधना शुरु भई बिहान साढे ८ बजे शिव प्रतिमा अनावरण हुनेछ । बिहान १० बजेदेखि होम होमादिलगायतका कार्य भई अपरान्ह ४ बजे प्रसाद वितरण गरिने भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले साँझ ६ बजे शिव आरती गरिने र राती ८ बजेदेखि भजनकीर्तन प्रारम्भ हुने जानकारी दिनुभयो । मेलाका लागि शिवमूर्तिको निर्माणसहित अढाइ लाख खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मन्दिरको पश्चिमतर्फ सवारी साधनको पार्किङको लागि व्यवस्थापन गरिने र पूर्वतर्फ मेला सञ्चालन हुने महाशिवरात्री मेला आयोजक मूल समितिका सचिव मिलन लुइँटेलले जानकारी दिनुभयो । लुइँटेलका अनुसार ४ हजार भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ ।

भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

https://fb.watch/qAbYM3MBZ-/

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments