बेलेपुरः सृजनशील समाज सुन्दरहरैंचा र राधाकृष्ण मन्दिर सुन्दरहरैंचा–११ को संयुक्त आयोजनामा मोरङको सुन्दरहरैँचा ११ स्थित बेलेपुरमा ऊर्जा ध्यान शिविर शुरू भएको छ ।
हरेक बिहान मन्दिरको सभाहलमा लगभग ५० जना भेला भई ध्यान योग गर्दै आएको संस्थाकी सचिव अनु बुढाथोकी गिरीले बताउनुभयो ।
७ दिनसम्म चल्ने शिविरमा जीवन विज्ञानका योग गुरुले प्रशिक्षण दिइरहनुभएको छ । मङ्गलबार औपचारिक रुपमा समापन गरिए पनि अनौपचारिक रुपमा भने नियमित रुपमा योग शिविर सञ्चालन भइरहने समाजकी अध्यक्ष निरु बजगाईँले बताउनुभयो ।