Tuesday, December 24, 2024
Homeफिचररिडी पावरको हकप्रद बिक्री खुला

रिडी पावरको हकप्रद बिक्री खुला

विराटचोकः रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । सो हकप्रद खरीदका लागि चैत ८ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुक क्लोज गरेको हुनाले माघ २१ गतेसम्म कायम शेयरधनीले सो हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिने बताइएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग तल्लो बलेफी जलविद्युत आयोजनाको आवश्यक स्वपूँजीको रुपमा लगानी गर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments