Tuesday, December 24, 2024
Homeफिचरहिमालय इङ्लिस स्कुलको आठौँ वार्षिकोत्सव सम्पन्न, प्राविधिक शिक्षामा जोड दिन प्रमुख अतिथि...

हिमालय इङ्लिस स्कुलको आठौँ वार्षिकोत्सव सम्पन्न, प्राविधिक शिक्षामा जोड दिन प्रमुख अतिथि मन्त्री जबेगूको जोड

विराटचोकः हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा १० को आठौँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि जबेगूले विदेशमा भारी बोक्न जानुपर्ने किसिमको शिक्षाको अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘विदेशमा ६० डिग्रीको तापक्रममा पसिना चुहाउँदै भारी बोक्न जान नपरोस्, त्यो हाम्रो चाहना हो’, विराटनगरको एउटा विद्यालयको वार्षिकोत्सवमा सहभागी भएर विराटचोक आइपुगेका जबेगूले भन्नुभयो, ‘कक्षा १२ उत्तीर्ण गरिसकेपछि यही ठाउँमा, यही प्रदेशमा आफ्नो दक्षताअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने काम हामी सबैले गर्नुपर्छ ।’

स्थानीय तहले त्यसअनुसारको योजना अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । ‘पालिकाभित्रका सबै विद्यालयमा विभिन्न विषयको अध्यापन गराई दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ’, प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कुनै विद्यलायमा ओभरसियर, कुनैमा भेटनरीसम्बन्धी, जेटिएसम्बन्धी, फरेस्ट्रीसम्बन्धी कोर्ष स्थानीय तहले निर्माण गरेर अघि बढौँ । यसमा सहयोग गर्नका लागि प्रदेश सरकार हरदम तयार छ ।’

कार्यक्रममा विद्यालयको वार्षिको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सिपल कमल खनालले यसै वर्ष एन प्याब्सनले गरेको विभिन्न प्रतियोगितामा विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पुरस्कार जितेको बताउनुभयो ।

अहिले विद्यालयलाई भवनको आवश्यकता रहेको बताउनुहुँदै उहाँले भवन अभावमा विद्यालयले यस पटक आएजति सबै विद्यार्थीलाई भर्ना गर्न नसकेको उहाँले बताउनुभयो ।

हिमाल सिङ्गिङ स्टार, प्यारेन्ट्स डान्स आइडलमा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कृत गरिएको वार्षिकोत्वसमा बेस्ट स्टुडेन्ट अवार्ड, बेस्ट टिचर अवार्डलगायतका विभिन्न अवार्ड र विद्यालयमा भएको स्पोर्टस् मिटमा विजयी हुने विद्यार्थीलाई पुरस्कार वितरण पनि सो अवसरमा गरिएको थियो ।

वार्षिकोत्सवमा नगर प्रमुख केदारप्रसाद गुरागाईँ, शिक्षा शाखा प्रमुख लीलादेवी ओझा, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईँको उपस्थिति थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावकलगायतको बाक्लो उपस्थिति विद्यालयको वार्षिकोत्सवमा रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments