Tuesday, December 24, 2024
Homeफिचरअरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री खुला, चैत ७ गतेसम्म खुला हुने

अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री खुला, चैत ७ गतेसम्म खुला हुने

विराटचोकः अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज फागुन १७ गतेदेखि हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुक क्लोज गरेकाले माघ १४ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट खरीद आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत् र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर बिक्रीबाट प्राप्त पूँजीको प्रयोग काबेली बी १ क्यासकेट जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन ऋणको आंशिक भुक्तानी गर्न र पिके हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्नका लागि खर्च गरिने कम्पनीले जनाएको छ ।

फागुन १७ गतेदेखि अरुण भ्याली हाइड्रोको शतप्रतिशत हकप्रदमा आवेदन खुल्ने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments