Tuesday, December 24, 2024
Homeअर्थसिद्धार्थ युवा क्लब लेटाङद्वारा छात्रवृत्तिका लागि विद्यालयमा अक्षयकोष स्थापना

सिद्धार्थ युवा क्लब लेटाङद्वारा छात्रवृत्तिका लागि विद्यालयमा अक्षयकोष स्थापना

लेटाङः भूकम्पपीडितलाई प्रदान गर्न दिएको रकम पीडितलाई प्रदान गर्न नपाएपछि सिद्धार्थ युवा क्लब लेटाङले महाभारत माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको छ । ५३ हजार ३ सय ५० रुपैयाँको सिद्धार्थ युथ क्लब छात्रवृत्ति अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गरिने शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा क्लबले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङलाई क्लबका अभियन्ताले ५३ हजार ३ सय ५० रुपैयाँको चेकको नमूना हस्तान्तरण गरेका छन् । जाजरकोट र रुकुममा गएको भूकम्पमा परेकाहरूलाई सहयोग गर्न सिद्धार्थ युवा क्लबको अगुवाइमा सङ्कलन गरिएको रकम भूकम्प पीडितलाई प्रदान गर्न नपाएपछि सोही रकमबाट अक्षयकोष स्थापना गरिएको क्लबका संयोजक भरत राईले जनाए ।

सरकारको एकद्वार प्रणालीबाट मात्र भूकम्पपीडितलाई सहयोग गर्न पाइने नीतिका कारण सहयोग सङ्कलन स्थगित गरी सङ्कलित रकमबाट अक्षयकोष स्थापना गर्ने निर्णय क्लबले गरेको संयोजक राईले बताए ।

सिद्धार्थ युवा क्लबको अगुवाइमा, एबीसी ग्रुप, द ब्वाईज क्लब, चिसाङ एफसी, लेटाङ खबर, ट्रोल लेटाङसहितका संस्थाले संयुक्त रूपमा सहयोग सङ्कलन गरेका थिए । सोही रकम विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments