Thursday, November 19, 2026
Homeखेलकुदधरानमा भइरहेको अन्तर्राष्ट्रिय महिला गोल्डकपमा आर्मीलाई पराजित गर्दै सशस्त्र फाइनल प्रवेश

धरानमा भइरहेको अन्तर्राष्ट्रिय महिला गोल्डकपमा आर्मीलाई पराजित गर्दै सशस्त्र फाइनल प्रवेश

धरानः धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ मा सशस्त्र प्रहरी बल फाइनल प्रवेश गरेको छ ।

बुधबार राति धरान– १६ स्थित रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले स्तब्ध बनाउदै एपीएफ उपाधिनजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा जर्सी नम्बर ११ की अनिता बस्नेत र जर्सी नम्बर १२ की गीता रानाले एक एक गोल गर्दै एपीएफलाई फाइनल पुर्याए ।

पहिलो हाफको १० औँ मिनेटमा अनिताले उत्कृष्ट गोल गरिन् भने ४३ औँ मिनेटमा गीता रानाले गोल गर गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । दोस्रो हाफमा भने कुनै पनि टोलीबाट गोल हुन सकेन ।

खेलको प्लेयर अफ दि म्याच एपीएफकी गीता राना घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरिन् ।

विजेता एपीएफले आज हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको रात्रिकालीन प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पाँच लाख रुपैयाँ र उपविजेताले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments