Friday, November 6, 2026
Homeधर्म र संस्कृतिआजदेखि यमदीपदान शुरु

आजदेखि यमदीपदान शुरु

विराटचोकः नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकीदेखि यमदीपदानसँगै तिहार शुरु भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको थियो । काग तिहार भोलि कात्तिक २१ गते शनिबार परेको छ ।

सायंकालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार आज यमदीपदान र भोलि काग तिहार परेको हो ।

यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा दक्षिण फर्काएर गर्नुपर्ने शास्त्रीय विधि छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments