Monday, October 26, 2026
Homeखेलकुदएनपीएलको इतिहास, उपाधि र प्रतिष्पर्धाको बदलिँदो स्वरूप

एनपीएलको इतिहास, उपाधि र प्रतिष्पर्धाको बदलिँदो स्वरूप

काठमाडौंः आजदेखि नेपाल प्रिमियम लिग (एनपीएल)को तेस्रो संस्करणको प्रतियोगिता हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको सो प्रतियोगिताको पहिलो संस्करण सन् २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भएको थियो ।

आठ टोली सहभागी सो प्रतियोगितामा ३२ खेल भएका थिए । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स च्याम्पियन बन्दै एनपीएलको पहिलो उपाधि उचालेको थियो ।

प्रतियोगितामा सुदूरपश्चिमले बनाएको १८४ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

दोस्रो संस्करण सन् २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म आयोजना भएको थियो । त्यसमा पनि आठ टोली र ३२ खेल भएका थिए । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।

यसरी पहिलो दुई संस्करणमा सुदूरपश्चिम लिग चरणमा बलियो देखिए पनि फाइनलमा लगातार पराजित भएको थियो ।

तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ अर्थात् आजदेखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तालिका छ । यस संस्करणमा पनि आठ टोली र ३२ खेल रहनेछन् ।

खेल प्रदर्शनका तथ्याङ्कले देखाएको प्रतिष्पर्धा
एनपीएलका पहिलो दुई संस्करणका खेल तथ्याङ्कले नेपाली र विदेशी खेलाडीबीचको प्रतिष्पर्धा, ब्याटिङको गति र बलिङको प्रभाव बुझ्न मद्दत गर्छन् । पहिलो संस्करणमा जनकपुरका लाहिरु मिलान्था २९३ रनसहित सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ३२३ रन बनाए र प्रतियोगितामा शतकसमेत प्रहार गरेका थिए । उनले कर्णाली याक्सविरुद्ध अविजित १०८ रन बनाएका थिए ।

दोस्रो संस्करणमा विराटनगर किङ्सले २२० रनभन्दा बढीको टोली स्कोर बनाएर ब्याटिङको आक्रामक सम्भावना देखाएको थियो । बलिङतर्फ दुवै संस्करणमा स्कट कुगेलेइन प्रभावशाली रहेका थिए । दुई संस्करणका उपलब्ध खेल तथ्यांकअनुसार उनले कुल २७ विकेट लिएका छन् । करण केसीले २५ र अविनाश बोहराले २४ विकेट लिएको देखिन्छ । सन्दीप लामिछानेले पनि दुवै संस्करणमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments